वन तथा वातावरण मन्त्रालयको पुनर्सरचना भईसकेपछि प्रदेश नं.५ अन्तर्गत कपिलबस्तु जिल्लामा २ वटा डिभिजन वन कार्यालयहरु स्थापना भए । यस डिभिजनको पूर्वमा कपिलबस्तु जिल्लाको गुड्रुङ्ग खोला, पश्चिममा दाङ जिल्ला र भारतको उत्तर प्रदेशको वलरामपुर जिल्ला, उत्तरमा अर्घाखांची जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेशको सिदार्थ नगर जिल्ला पर्दछ । यस डिभिजनको पूर्व परिश्चम सरदर लम्बाई ४० कि.मि. र उत्तर दक्षिण चौडाई ३२ कि.मि. रहेको छ । त्यसैगरी उत्तरी सिमाना चुरे रहेता पनि आर्घाखांची जिल्लाको सिमानाले चुरेको फेदी सम्म नै ओगटेको हुँदा यस डिभिजन अन्तर्गतको अधिकांस क्षेत्र समथर रहेको छ । कपिलबस्तु जिल्लामा हाल २ वटा डिभिजन वन कार्यालयहरु स्थापना गरिएको भएतापनि यस जिल्लाको समग्र ऐतिहासिक पृष्ठभुमी, सामाजिक तथा आर्थिक अवस्थाहरु, जातजाती विवरण, धर्म, भाषा संस्कृति, जियोलोजी तथा भु वनावट, जलवायु तथा बर्षा तथा भू-उपयोगको स्थिति यहाँ प्रस्तुत गरिएको छ | राजा शुद्योधनको राज्यको रुपमा परिचित प्राचिन कपिलबस्तु जिल्ला प्रदेश नं.५ तराई जिल्ला मध्ये एक हो । यस जिल्लाको पूर्वमा रुपन्देही जिल्ला, पश्चिममा दाङ जिल्ला र भारतको उत्तर प्रदेशको वलरामपुर जिल्ला, उत्तरमा अर्घाखांची र दक्षिणमा भारतको उत्तर प्रदेशको सिदार्थ नगर जिल्ला पर्दछ । केन्द्रिय तथ्यांक विभाग १९९८ अनुसार कुल १,७३,८०० हेक्टर अर्थात १७३८ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । कपिलवस्तु जिल्ला २७०२५ देखि २७०८४ उत्तरी अक्षांश र ८२०७५ देखि ८३०१४ पूर्वी देशान्तरमा पर्दछ । यस जिल्लाको वर्तमान सदरमुकाम तौलिहवा तौलेश्वर महादेवको मन्दिरको नाम वाट राखिएको थियो । यस वाहेक जिल्लाको दक्षिण पश्चिममा अवस्थित कृष्ण नगर नाका उक्त भेग तर्फको भारत संग वजार सम्पर्कको प्रमुख नाका पनि हो । पुर्व पश्चिम राजमार्ग (लोकमार्ग) को निर्माण पश्चात यस जिल्लाको उत्तरी भेगमा पहाड वाट वसाइ सरि वसोवास गर्ने क्रममा राजमार्गका चोकहरुमा वजारहरुको विस्तार भएको छ । चन्दौटा, गोरुसिगे, ४ नं. जितपुर हालका चर्चित वजारहरु हुन ।